काठमाण्डू, २५ माघ– बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका–७ गंगाबस्तीकी ५१ वर्षीया जुनाकुमारी लामिछानेको शुक्रबार दिउँसो चितुवाको आक्रमणबाट मृत्यु भएको डिभिजन वन कार्यालयका प्रमुख विजयराज सुवेदीले जानकारी दिएका छन ।
सीमा नजिक खेतमा काम गर्न गएका बेला चितुवाले आक्रमण गरी महिलालाई गम्भीर घाइते बनाएको डिभिजन वन कार्यालयका प्रमुख सुवेदीले जानकारी दिएका छन ।
घाइते महिलालाई उपचारका लागि बर्दिया अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रमुख सुवेदीले जानकारी दिएका छन ।