सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा एकजना पक्राउ

काठमाण्डु टुडे २०८१ माघ २५ गते १६:१२ मा प्रकाशित

काठमाण्डू, २५ माघ– प्रहरीले सामाजिक सञ्जालबाट महिलाको चरित्र हत्या गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका ४ का ३१ वर्षीय विश्वराज राई रहेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो स्रोतले जानकारी दिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका अनुसार राईले गाली गलौज गरेको र ती महिलासँग प्रेम सम्बन्धमा हुँदा खिचेका व्यक्तिगत भिडियो तथा तस्वीरहरु महिलाका आफन्तहरुलाई पठाउँदै चरित्र हत्या गरेको भन्दै उजुरी दिएकी थिइन् ।

पक्राउ परेका राईलाई जिल्ला अदालत काठमाण्डूबाट ५ दिनको म्याद थपेर थप अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us