रविको सांसद पद फुकुवा गर्न रास्वपा सांसदहरूको माग

काठमाण्डु टुडे २०८१ माघ २५ गते १५:४३ मा प्रकाशित

काठमाण्डू, २५ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले पार्टी सभापति रवि लामिछानेको सांसद पद फुकुवा गर्न माग गरेका छन् । आज शुक्रबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रास्वपाका सांसदहरुले उनको सांसद पद फुकुवा गर्न माग गरेका हुन् ।

रास्वपा सांसद एवं कार्यवहाक सभापति डोलप्रसाद अर्यालले सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेर झुट्टा मुद्दा लगाएर फसाउन खोजिएको आरोप लगाए। उनले भने, ‘थुनामा नरहेको बेला लामिछानेको सांसद पद तुरुन्त फुकुवा गर्न सभामुखमार्फत आग्रह गर्दछु।’

रास्वपाकै सांसद बिनिता कठायतले सभापति लामिछानेलाई हिरासतमा राख्दैमा सहकारी पीडितको रकम फिर्ता भयो तरु भन्दै प्रतिप्रश्न गरिन्। सहकारी पीडितको समस्या समाधानमा बेवास्ता गरेको भन्दै उनले आपत्ति जनाइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us