काठमाण्डू, २४ माघ– पूर्व मन्त्री एवं कांग्रेसका सांसद डा. प्रकाशशरण महतले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि एकदलीय व्यवस्था स्थापित गर्ने मनशायले जनयुद्ध लडेको आरोप लगाएका छन् ।
आज (बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद महतले यस्तो बताएका हुन । उनले राजनीतिक परिवर्तनको सम्पूर्ण श्रेय अध्यक्ष प्रचण्डले लिएको र अध्यक्ष प्रचण्डले एकदलीय व्यवस्था चाहेको आरोप लगाएका हुन् ।
सांसद महतले बहुदलीय प्रतिष्पर्धात्मक व्यवस्थामा आएको कुरा नभुल्न प्रचण्डलाई आग्रह समेत गरेका छन । प्रचण्डले आफूभन्दा बाहिर प्रधानमन्त्रीको पद नजाने भ्रम पाल्दा कांग्रेस–एमाले मिल्नुपरेको पनि उनले बताएका छन । उनले कांग्रेस–एमाले कुनैसँग पनि सहकार्य गर्दा आफू नै प्रधानमन्त्री भइने मानसिकतामा अध्यक्ष प्रचण्ड रहेको बताएका छन ।
उनले त्यसलाई अहिले चिरिएको पनि बताएका छन । सांसद महतले त्यो परिस्थिति समाप्त भएपछिको अवस्थाबाट अभिप्रेरित भएर प्रचण्डले आफ्ना भनाइ राखेको आरोप लगाए। उनले वर्तमान सरकारले सोही बजेटमाथि काम गरेर अघि बढ्नुपर्ने अवस्था भएकाले आर्थिक अवस्था दुरुस्त गर्न समस्या आइरहेको पनि बताएका छन ।
डा. महतले भने, ‘उहाँ लगातार नेपाली कांग्रेससँग सहकार्य गरे पनि एमालेसँग सहकार्य गरे पनि प्रधानमन्त्री पद प्रचण्डजीकै हुन्छ। प्रचण्डजी प्रधानमन्त्री पद आफूभन्दा बाहिर जाँदैन भन्ने जुन मानसिकतामा उहाँ हुनुहुन्थ्यो, ‘त्यो परिस्थिति समाप्त भएको हुनाले उहाँका धेरै अभिव्यक्तिहरु त्यसबाट अभिप्रेरित भएर आएको मैले महशुस गरेँ।’
उनले अध्यक्ष प्रचण्डले मन्त्रिपरिषदबाटै पारित भएको कार्यविधि लत्याएर ३ करोडभन्दा तल कुनै पनि संघीय आयोजना नराख्ने मन्त्रिपरिषद्को निर्णय उल्ट्याएको आरोप पनि लगाएका छन ।