सुनिल पौडेलविरुद्ध घुस लिएको आरोपमा अर्को भ्रष्टाचार मुद्दा

काठमाण्डु टुडे २०८१ माघ २४ गते १७:१४ मा प्रकाशित

काठमाण्डू, २४ माघ– नेपाल टेलिकमका निवर्तमान कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोप भ्रष्टाचार मुद्दा दायर गरेको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक रहँदा खरिदमा संलग्न कम्पनीहरूबाट घुस लिएको आरोपमा अख्तियारले पौडेलमाथि मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले जानकारी दिएको छ ।

अख्तियारले पौडेलमाथि ३ करोड ८ लाख रुपैयाँ घुस खाएको आरोप लगाएको अख्तियार स्रोतले जानकारी दिएको छ । एफ–५ कम्पनीका प्रतिनिधि दिपक आनन्दसँगको मिलेमतोमा ठेक्कापट्टा गरेको र त्यसबापत घुस लिएको आरोप उनीमाथि छ ।

यसअघि अख्तियारले पौडेलमाथि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us