अंकगणितमा समस्या भएपछि अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने निर्णयबाट पछि हट्यो सरकार

काठमाण्डु टुडे २०८१ माघ २४ गते १३:२५ मा प्रकाशित

काठमाण्डू, २४ माघ– संघीय संसद्मा सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज निर्णयार्थ पेस नहुने लगभग पक्का भएको छ । राष्ट्रियसभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्णयार्थ पेस नहुने भएको स्रोतले जानकारी दिएको छ ।

सरकारले आज नै संघीय संसदमा अध्यादेशहरु पेश गर्ने तयारी गरेको थियो तर अंकगणितमा समस्या भएपछि अध्यादेशहरु पेश गर्ने निर्णयबाट सरकार ब्याक भएको स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us