काठमाण्डू, २४ माघ– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जनता समाजवादी नेपालसहितको समर्थनमा सरकारले ल्याएका अध्यादेश संसद्बाट पारित हुने बताएका छन ।
आज (बिहीबार) संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्र्दै कांग्रेसका प्रमुख सचेतक घिमिरेले यस्तो बताएका हुन ।
उनले भने, ‘जसपा नेपालसहितको समर्थनमा अध्यादेश पारित हुन्छ ।’ उनले राष्ट्रिय सभाबाट पनि अध्यादेश पारित हुने जिकिर गरेका छन् । उनले भने, ‘जसपा नेपालले समर्थन गर्छ ।
अध्यादेश राष्ट्रिय सभाबाट पनि पारित हुन्छ ।’ संसदीय दलको बैठकअघि कांग्रेसका नेताहरूले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा भएको छलफलमा अध्यादेशबारे उपेन्द्र सकारात्मक भएको घिमिरेले बताए ।