ओली र देउवाको सन्देश लिएर पार्टी बैठकमा उपेन्द्र

काठमाण्डु टुडे २०८१ माघ २४ गते १२:४९ मा प्रकाशित

काठमाण्डू, २४ माघ– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव आन्तरिक छलफलमा जुटेका छन । जसपा नेपालको संसदीय दलको बैठकबाट अध्यादेशबारे निर्णय लिने तयारी रहेको स्रोतले जानकारी दिएका छन ।

संसदीय दलको बैठक अगाडि अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता ।

बिहान सभापति देउवालाई भेट्न यादव नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका थिए भने लगत्तै प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाको सन्देश लिएर जसपा नेपालका अध्यक्ष यादव पार्टी बैठकमा गएका छन् । शीर्ष नेताहरूको आग्रह समेतका आधारमा संसदीय दलमा छलफल हुने र उपयुक्त निर्णय लिने तयारी रहेको जसपा नेपालका नेताहरूले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us