मोटरसाइकलको ठक्करबाट साइकलमा सवार युवकको मृत्यु

काठमाण्डु टुडे २०८१ माघ २४ गते ९:५० मा प्रकाशित

कैलाली, २४ माघ– कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार युवकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गस्थित बर्दगोरिया गाउँपालिका–२ सम्झना चोकमा सुपप्र०१००९ प९०७६ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल पछाडि सवार लम्कीचुहा नगरपालिका–१० का १६ वर्षीय दिनेश तिमिल्सिनाको मृत्यु भएको हो ।

कैलाली प्रवक्ता डीएसपी कवीन्द्र सिंह बोहराका अनुसार ठक्करबाट गम्भीर घाइते उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us