सामाजिक सञ्जाल विधेयकको विरोधमा विरोध गर्दै बालेनले भनेः ‘मलाई बोल्न दे’ सरकार

काठमाण्डु टुडे २०८१ माघ २३ गते १७:२० मा प्रकाशित

काठमाण्डू, २३ माघ– मुलक संघीयतामा प्रवेश गरेपछि २०७९ सालमा भएको दोस्रो स्थानीय तहको निर्वाचनमा काठमाण्डू महानगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवारी दिँदा मेयर बालेन्द्र शाह (बालेन) ले गाएको ‘बलिदान’ एल्बमको गीत भाइरल भएको थियो ।

त्यतिबेला गीतको ‘गरिबको चमेलीको बोल्दिने कोही छैन ‘’ भन्ने क्लिप धेरै भाइरल भएको थियो । उनले बुधबार ‘बलिदान’ एल्बमकै अर्को क्लिप ‘मलाई बोल्न दे’ सरकार भनिएको क्लिप सामाजिक सञ्जालमा सेयर गरेका गरेका छन ।

सरकारले संसदमा दर्ता गरेको सामाजिक सञ्जाल विधेयक २०८१ विधेयक विरोध स्वरुप उक्त क्लिप सेयर गरेका छन् । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्ने भन्दै विधेयकमा वाक स्वतन्त्रता वञ्चित गरेकोमा विरोध स्वरूप गीत पुनः सेयर गरेको उनको सचिवालयले जनाएको छ ।

‘मेयरले के भन्नु खोज्नु भएको गीतको क्लिपमा प्रष्टै छ । सरकारले बोल्न नदिने विधेयक ल्याएपछि विरोध गरेको कुरा हो,’ सचिवालयका एक सदस्यले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us