काठमाण्डू, २३ माघ–प्रहरी प्रभाग साँखुमा कार्यरत एक महिला प्रहरी मृत फेला परेकी छन् ।
प्रभागको व्यारेकमै महिला प्रहरी २३ वर्षीया निशा चौधरी बुधबार मृत भेटिएकी हुन् ।
जिल्ला प्रहरी परिसर काठमाण्डूका उपरीक्षक (एसपी) अपिलराज बोहराले झुण्डिएको अवस्थामा चौधरी मृत फेला परेको बताए ।