मानव बेचबिखन कसुरमा कांग्रेस नेता खनाल पक्राउ

काठमाण्डु टुडे २०८१ माघ २३ गते १४:५६ मा प्रकाशित

काठमाण्डू, २३ माघ– मानव बेचबिखन तथा ओसारपसारको कसुरमा कांग्रेसका एक नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछामको प्रतिनिधिसभा क्षेत्र न २ (क) को सभापति ताराप्रसाद खनाल रहेको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले जनाएको छ ।

खनाललाई आइतबार कैलालीबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोका एसएसपी दीपेन्द्र जिसीले जानकारी दिएका छन । उनले भने, ‘उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको रहेछ ।

त्यसपछि हामीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका हौं । उनीविरुद्ध जिल्ला अदालत काठमाण्डूबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको पनि उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us