रौतहटमा मूर्ति सेलाउने क्रममा डुबेर युवकको मृत्यु

काठमाण्डु टुडे २०८१ माघ २३ गते १३:०५ मा प्रकाशित

काठमाण्डू, २३ माघ– रौतहटमा सरस्वतीको मूर्ति सेलाउने क्रममा बाग्मती नदीमा डुब्दा एक युवकको मृत्यु भएको छ । रौतहटको राजदेवी नगरपालिका९६ मा रहेको वाग्मती नदीमा सरस्वती पूजाको मूर्ति विर्सजन गर्ने क्रममा राजदेवी–७ मुडवलवाका २२ वर्षीय सुरज यादवको डुबेर बेपता भएका थिए ।

मूर्ति सेलाउने क्रममा नदीमा डुबेर बेपता भएका यादवको मंगलबारदेखि नै सुरक्षाकर्मी र स्थानीयले खोजी गरेका थिए । उनको शव आज बिहान उनी डुबेकै स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपककुमार रायले जानकारी दिएका छन ।

पानीमुनि रहेको उनको शवलाई माछा मार्ने जाल प्रयोग गरेर निकालिएको थियो । मृतकको शवलाई पोष्टमार्टमपछि परिवारजनको जिम्मा लगाइएको डीएसपी रायले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us