झापामा प्रहरीले गोली चलायो

काठमाण्डु टुडे २०८१ माघ २२ गते १९:५५ मा प्रकाशित

झापा, २२ माघ– झापामा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ ।

कनकाई नगरपालिकास्थित तुलसीबारीमा मंगलबार गोली चलेको हो । गोली लागी भारतीय नागरिक अञ्जर आलम घाइते भएको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए ।

केसीका अनुसार ६ गोली प्रहार गरिएकमा उनलाई एक गोली खुट्टामा लागेको छ ।

अञ्जर र उनका भाई युसुफ आलम पक्राउ परेका प्रहरीको भनाइ छ । युसुफलाई भने गोली लागेका छैन ।

प्रहरीले उनीहरुको साथबाट ३२ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us