धनुषामा २ मोटरसाइकल ठोक्किँदा ४ जना घाइते

काठमाण्डु टुडे २०८१ माघ २२ गते १८:३६ मा प्रकाशित

काठमाण्डू, २२ माघ– धनुषामा मंगलबार दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा चार जना घाइते भएका छन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ मा पूर्वतर्फ जाँदै गरेको ज–१३.प–१०२९ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको ज–८प ७३०७ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा ४ जना घाइते भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिएका छन ।

सिंहका अनुसार घाइते हुनेमा ज–१३ प १०२९ नम्बरको मोटरसाइकलका चालक धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ का २६ वर्षीय महादेव यादव र पछाडि सवार २२ वर्षीय सुदीपकुमार यादव रहेका छन ।

यसैगरी ज ८ प ७३०७ नम्बरको मोटरसाइकलका चालक सिराहाको कल्याणपुर नगरपालिका–६ का २३ वर्षीय अफ्ताब राइन र पछाडि सवार गणेशमान चारनाथ नगरपालिका-२ का २५ वर्षीय नसालुन राइन घाइते भएका छन् ।

घाइते चारै जनाको गणेशमान चार्नाथ नगरपालिका स्थित कमलामाई अस्पतालमा उपचार भइरहेको डीएसपी सिंहले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us