बाल मृत्युदर घटेकाले हाम्रो सरदर आयु बढ्योः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ माघ २२ गते १७:१३ मा प्रकाशित

काठमाण्डू, २२ माघ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बाल मृत्यु दर घटेकाले नेपालीहरुको आयु बढेको दाबी गरेका छन ।

आज (मंगलबार) पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

प्रधानमन्त्री ओलीले भने, ‘अहिले हाम्रो सरदर आयु ७२ वर्ष किन पुगेको छ ? हामीले बालमृत्यु दर घटाइदियौँ । १० वर्षमा एउटा बालक वित्यो भने १० जना मान्छे सय वर्ष बाचेको छ भने तिनको आयु ९० वर्ष हुन्छ’, मातृ शिशु कल्याणको क्षेत्रमा हामीले थुप्रै काम गरेका छौ ।’

लङगीभिटी बढाउँदै जाने, व्रेन ह्यामरेज, हर्टअट्याक समेत कम गर्न सकिने प्रधानमन्त्रीको भनाइ छ । उनले मुटुलाई स्वस्थ राख्नुपर्नेमा जोड दिँदै जनताको जीवनस्तरमा सुधार ल्याउन सरकारले काम गरिरहेको र यो सबैको इस्यु भएको समेत बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us