काठमाण्डू आइपुगे बेलायती राजकुमार एडवार्ड

काठमाण्डु टुडे २०८१ माघ २२ गते १४:३८ मा प्रकाशित

काठमाण्डू, २२ माघ– आज (मंगलबार) बेलायती राजकुमार एडवार्ड काठमाण्डू आइपुगेका छन् । उनी ६ दिने भ्रमणका लागि नेपाल आइपुगेका हुन् । एडवर्ड विमानस्थलबाट सिधै लैनचौरस्थित बेलायती दूतावास जाने तयारी छ ।

उनकी श्रीमती सोफिया बिहान साढे १० बजे नेपाल आइसकेकी छन् । अब केहीबेरमा राजकुमार दम्पती शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी पुनः लैनचौर फिर्ता आउने भएका उच्च सरक्षा स्रोतले जानकारी दिएको छ । ६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ साँझ स्वदेश फिर्ता हुनेछन् ।

भ्रमणका क्रममा उनीहरुले पोखराको ब्रिटिश गोर्खा क्याम्पमा पनि जाने बताइएको छ । बेलायती सञ्चार माध्यमका अनुसार उनीहरुले त्यहाँ हालै बेलायती सेनामा छनोट भएकाहरुको ब्याज वितरण परेडमा पनि सहभागी हुनेछन् ।

यो दिन बेलायती सेनामा नवनियुक्त नेपाली जवानहरुलाई औपचारिक रूपमा बेलायती सेनामा भर्ना भएको चिन्ह लगाइन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us