कैलालीमा बस दुर्घटना हुँदा चार जना घाइते

काठमाण्डु टुडे २०८१ माघ २२ गते १४:२४ मा प्रकाशित

काठमाण्डू, २२ माघ– कौलालीमा बस दुर्घटना हुदाँ चार जनाको घाइते भएका छन । काठमाण्डूबाट कौलाली जाँदै गरेको प्रदेश ०४–००१ ख ००२ नम्बरको बस कैलालीको लम्कीचुहा नगरपालिका ३ गोराङ्गेमा बस दुर्घटना हुँदा चार जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

बस आज बिहान सडक किनारमा पल्टिएको थियो । साथै दुर्घटना बारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us