टेलिकमको एप र वेबसाइटबाटै इ–सिम लिन सकिने

काठमाण्डु टुडे २०८१ माघ २२ गते १४:१३ मा प्रकाशित

काठमाण्डू, २२ माघ– नेपाल टेलिकमको इ–सिम अब एप र वेबसाइटबाटै प्रप्त गर्न सकिने भएको छ । आजबाट इ–सिम सेवा लिन सकिने टेलिकमले जानकारी दिएको छ ।

आज (मंगलबार) नेपाल टेलिकमले २१ औं वार्षिकोत्सवको अवसर पारेर उक्त सेवा सुरु गरेको टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीले जानकारी दिएकी छन ।

उनका अनुसार अहिलेसम्म ग्राहकहरूले इ–सिम लिनका लागि काउन्टरमा जानुपर्ने बाध्यता थियो । अब ग्राहकहरूले यो सेवा नेपाल टेलिकम एप र वेबसाइटमार्फत् सहजै प्राप्त गर्न सक्नेछन् ।

इ–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । इ–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन ।

यसका लागि इ–सिम सपोर्ट गर्ने ह्यान्डसेट भने आवश्यक हुन्छ । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ । इ–सिम प्रयोगमा आए पश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन ।

साथै, टेलिकमले आजैबाट भोवाईफाई सेवाको व्यावसायिक सुरुवात पनि गरेको छ । यस प्रविधिमार्फत यस प्रविधि भोवाईफाई सपोर्ट गर्ने र भोल्ट सेवा सुरुवात गरिएका जुनसुकै मोबाइल फोनबाट देश तथा बाहिरबाट पनि वाईफाई नेटवर्कमार्फत् टेलिकमको मोबाइल नम्बरबाट भ्वाइस तथा एसएमएस प्रयोग गर्न सक्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us