सुनसहित विमानस्थलबाट एक महिला पक्राउ

काठमाण्डु टुडे २०८१ माघ २२ गते १३:४६ मा प्रकाशित

काठमाण्डू, २२ माघ– प्रहरीले अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डू महानगरपालिका–१५ कि ५८ वर्षीया मैयाँ तामाङ गुरुङ रहेकी प्रहरीले जानकारी दिएको छ ।

उनलाई सोमबार दिउँसो विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।उनीबाट सुनको रिङ १६ थान, टुक्रा ५ थान, सिक्री १ थान, औंठी १ थान र बाला १ थान गरी करिब ९८ ग्राम सुन बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

थाई एयरको उडानद्वारा बैङककबाट काठमाण्डू आएकी गुरूङलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेट नजिकबाट उक्त धातुसहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us