काठमाण्डू, २२ माघ– काठमाण्डूको चन्द्रागिरि नगरपालिका–९ चुनदेवी चोकमा मोटरसाइकल र गाडी एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३९ वर्षीय कुमार श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ ।
बागमती प्रदेश ०२–०४६ प ७१२९ नम्बरको मोटरसाइकल बा ४ ख १७० नम्बरको गाडी आपसमा ठोक्किएर दुर्घटना हुँदा श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सतुंगलस्थित एपीएफ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको बीएन्डबी अस्पताल ललितपुरमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।