काठमाण्डू, २२ माघ– आज सोमबार मन्त्रीपरिषद्को बैठक बस्दै छ । बैठक आज अपराह्न पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।
यसअघि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद्को बैठक बस्ने तयारी थियो । आजको बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।