योगेशलाई माधवको जवाफः अध्यादेशको विरोध गर्दा दासलाई पोल्यो

काठमाण्डु टुडे २०८१ माघ २१ गते १४:२७ मा प्रकाशित

काठमाण्डू, २२ माघ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरूले अध्यादेशको विरोध गर्दा ‘दास’हरूलाई पोलेको बताएका छन् ।

हिजो आइतबार काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले एमाले का सांसद योगेश भट्टराईप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले भने, ‘एमालेकै एक जना सांसद पहिला विद्रोह गर्नुपर्छ भन्ने सबैभन्दा ठूलो आवाज उठाउनेमध्ये थिए। उनलाई सबैभन्दा बढ्ता पोलेछ। बरु दास भएर बस्नुपर्छ भन्ने मान्यता उनमा थियो होला। तर, हामी दास हुन चाहेनौँ। हामी क्रान्तिकारी कम्युनिष्टको रूपमा अगाडि बढ्न चाह्यौँ ।’

यसअघि गत १८ गते बसेको संसद् बैठकमा भट्टराईले अध्यादेशबाटै जन्मिएकै पार्टी अध्यादेबाट सबैभन्दा बढी डराएको बताएका थिए। यसपछि नेपालले यस्तो जवाफ दिएका हुन् ।

एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्नुपूर्वसम्म भट्टराई नेपालकै साथमा थिए। पार्टी विभाजन गर्नुपर्छ भन्नेमध्ये पनि उनी थिए। तर, एकीकृत समाजवादी बन्दा भने उनी एमालेमै बसे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us