धारिलो हतियार प्रहार गरेर महोत्तरीमा एक महिलाको हत्या

काठमाण्डु टुडे २०८१ माघ २० गते १३:१५ मा प्रकाशित

काठमाण्डू, २० माघ– महोत्तरीमा एक महिलाको धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरीएको छ । महोत्तरीको गौशाला नगरपालिका- ८ का अभिषेक यादवका श्रीमती १९ वर्षीया खुश्बु यादवको धारिलो हतियार प्रहार गरेर हत्या भएको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जानकारी दिएको छ ।

हत्या भएको अवस्थामा खुश्बुको शव गौशाला नगरपालिका वडा नं ५ मा विद्युत् प्राधिकरण कार्यालयको ५ सय मिटर उत्तर खेतमा फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जैसवारले जानकारी दिएका छन ।

राति घरबाट निस्केकी खुश्बुको शव आज बिहान धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा भेटिएको उनले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us