काठमाण्डू, २० माघ– मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–४ जैसिङतालस्थित करङ भिरबाट लडेर पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ ठूलोदेवली निवासी ४२ वर्षीय राजकपुर चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पैदल हिँडिरहेको अवस्थामा अचानक भिरबाट लडेर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन ।
सडक छेउमा रहेको भिरबाट ७० मिटर तल लडेर गम्भीर घाइते भएका चौधरीको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिएका छन । घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिएका छन ।