अण्डाको मूल्य बढ्यो

काठमाण्डु टुडे २०८१ पुष १३ गते १३:३० मा प्रकाशित

काठमाण्डु,१३ पुस– कुखुराको अण्डाको मूल्य वृद्धि भएको छ । हिजो शुक्रबार नेपाल लेयर्स कुखुरापालक संघको भर्चुअल माध्यमबाट बसेको बैठकले चितवनलाई आधार मानी आज शनिबारदेखि अण्डाको नयाँ मूल्य लागू गरेको हो ।

शनिबारबाट मध्यम अण्डाको मूल्य पाँच सय रुपैयाँ प्रतिक्रेट पर्नेछ । यस्तै ठूलो अण्डाको मुल्य प्रतिक्रेट ५ सय १४ रुपैयाँ पुगेको हो । यसअघि २७ मंसिरमा संघले मध्यम अण्डाको मूल्य प्रतिक्रेट ४७० रुपैयाँ र ठूलो अण्डाको मुल्य प्रतिक्रेट ४८५ रुपैयाँ तोकेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us