काठमाण्डु, १२ पुस– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गरेकी छन । पूर्व राष्ट्रपति भण्डारीले भनेकी छन, ‘मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री डा सिंहको निधनको खबरले म अत्यन्त दुःखी भएको छु ।’
उनले नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवाद सम्झिरहेको समेत उल्लेख गरेकी छन । उनले भनेकी छन, ‘भारतको अर्थतन्त्र सुधारका शिल्पकारसमेत मानिनु हुने प्रख्यात अर्थशास्त्री, शालीन व्यक्तित्वका धनी डा।सिंहको निधनबाट नेपालले एक सच्चा मित्र गुमाएको छ ।
स्वर्गीय सिंहप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना प्रकट गर्दछु ।’ सिंहको ९२ वर्षको उमेरमा निधन गएराति निधन भएको हो ।