काठमाण्डु, १२ पुस– चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले हवाई फायर गरी गैंडाको खाग तस्कर गर्ने एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा करिब ४० वर्षीय पुरुष रहेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जानकारी दिएको छ । उनलाई बिहीबार हेटौडा उपमहानगरपालिका–८ गर्दईबाट पक्राउ गरिएको निकुञ्ज कार्यालयका संरक्षण अधिकृत दिवेश श्रेष्ठले जानकारी दिए ।
एक थान गैंडाको खागसहित ती पुरुषलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाइएको निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।
नियन्त्रणमा लिने क्रममा उनले बल प्रयोग गरी भाग्ने कोसिस गरेपछि पाँच राउण्ड हवाई फायर गरिएको अधिकृत श्रेष्ठले जानकारी दिएका छन ।