एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई नगरपरिक्रमा

काठमाण्डु टुडे २०८१ पुष १२ गते १४:२६ मा प्रकाशित

काठमाण्डु, १२ पुस– नेपाल प्रिमियर लिग (एनपीएल) विजेता जनकपुर बोल्ट्सका खेलाडीहरूलाई आज शुक्रबार जनकपुरमा भव्यताका साथ नगरपरिक्रमा गराइएको छ ।

जितको खुसीमा शुक्रबार जनकपुरका नागरिक समाज, खेलप्रेमीहरुले एनपीएलको ट्रफी र खेलाडीलाई गाडीमा राखेर नगरपरिक्रमा गराउन विजयी यात्रा निकालेका हुन् ।

विजय यात्रा रामजानकी अन्तर्राष्ट्रिय रंगशालाबाट सुरू भएर थापा चोक हुँदै पिडारीचोक, रामानन्दचौक, बजरंगचोक, भ्रमरपुराचोक, जिरोमाइल,विश्वकर्माचोक,मुरलीचोक, रामचोक हुँदै जानकी मन्दिरमा समापनको कार्यक्रम गरिनेछ ।

पुस ६ गते शनिबार त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्स विजेता बन्न सफल भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us