भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

काठमाण्डु टुडे २०८१ पुष १२ गते १३:२८ मा प्रकाशित

काठमाण्डु, १२ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलील भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनमा शोक व्यक्त गरेका छन् ।

नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवादहरू आफुले सम्झिरहेको प्रधानमन्त्री ओली शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा.मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ।

नेपाल र भारतको आपसी हितका विषयमा उहाँसँग भएका संवादहरू सम्झिरहेको छु। दिवङ्गत मनमोहन सिंहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’ सिंहको बिहीबार राति निधन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us