काठमाण्डु, १२ पुस– राष्ट्रिय परिक्ष बोर्डले यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुलाएको छ । कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयले फारम भर्न एक महिनाको समय दिएको छ ।
पुस १२ देखि माघ १२ गते भित्र फारम भरिसक्न कार्यालले आग्रह गरेको छ । फारमका लागि प्रति परीक्षार्थी ५ सय दस्तुर लाग्ने पनि कार्यलयले जनाएको छ ।
त्यसैगरी रजिस्ट्रेसनको अर्धकट्टीको प्रतिलिपि, शैक्षिकसत्र २०७९ वा सो भन्दा पहिले आधारभूत तह कक्षा उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र हालसाल खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो फारम भर्न चाहिने कार्यालयले जनाएको छ । 