काठमाण्डु, ११ पुस– नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी अहिले साउने भेल जस्तो भएको बताएका छन । आज बिहिबार माओ दिवसको अवसरमा आयोजित एक कार्यक्रममा महासचि विप्लवले यस्तो बताएका हुन ।
उनले शान्ति प्रक्रियामा आएपछि माओवादी जताजतै पुगेको उनले बताए । विप्लवले भने, ‘माओवादी साउनको भेल जस्तै भयो । कहाँ कहाँ पुग्यो ।’फुट्नुमा पनि असाध्यै धेरै फुटेको विप्लवको भनाइ थियो ।
उनले थपे, ‘अस्ति एक साथीले डायरीमा टिप्नु भएछ, १९ वटा पुर्याउनु भएछ । मैले भने– एउटा थप्नुस् २० हुन्छ, २१ हुन्छ’। माओवादीको मन अशान्त रहेकाले धेरै फुटिरहेको विश्लेषण विप्लवले सुनाए । तर फुट्ने क्रम असाध्यै धेरै भएपछि जुट्ने दिन आउने विश्वास गरेका छन ।