काठमाण्डु, ११ पुस– हिजो बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल बीमा प्राधिकरणका अध्यक्ष नियुक्त गर्नका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सिफारिस समिति गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिएका छन ।
बीमा प्राधिकरण सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा रहने सञ्चारमन्त्री गुरुङले जानकारी दिएका छन । बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल माथि भ्रष्टाचार मुद्दा लागेपछि सो पद हाल रिक्त रहेको छ ।