काठमाण्डु, ११ पुस– सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लिपुलेकको सन्दर्भमा भारत–चीचबीच भएको सहमतिले नेपाललाई केही फरक नपार्ने दाबी गरेका छन ।
९ पुसमा बसेको मन्त्रिपरिषद् बैठकमा भारत–चीन सहमति नेपाललाई प्रभाव पार्ने ढंगले नभएको निष्कर्ष निकालिएको सञ्चारमन्त्री गुरुङले बिहीबार जानकारी दिएका हुन ।
मन्त्री गुरुङले उक्त सहमतिलाई ‘प्राविधिक कुरा’ भन्दै त्यसप्रति नेपालले कुनै चिन्ता लिनुनपर्ने निष्कर्ष सरकारले निकालेको जानकारी दिएका छन ।
सञ्चारमन्त्री गुरुङले भने, ‘भारत र चीनबीचको सहमतिले हाम्रो नक्सा प्रभाव पार्ने ढंगले गरेको होइन। त्यो उहाँहरूकै टेक्निकल कुरा हो, त्यसबारे क्याबिनेटमा पनि लामो छलफल भयो। तर, निष्कर्ष चाहिँ हामीले चिन्ता लिनुपर्ने ढंगले सम्झौता भएको होइन।’