काठमाण्डु, ११ पुस– जिल्ला अदालत काठमाण्डुले शोभा पाठक भनेर चिनिने जानुका पाठकलाई साधारण तारेखमा छाड्न आदेश जारी गरेका छ । काठमाण्डु जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाठकलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।
१ पुसमा पक्राउ परेकी पाठकविरुद्ध साइबर कसुरको आरोपमा मुद्दा दायर भएको थियो । प्रहरी वृत्त स्वयम्भूले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले जिल्ला अदालत काठमाण्डुमा मुद्दा दायर गरेको थियो ।
पाठकले सामाजिक सञ्जालमार्फत आफ्नो बेइज्जत गरेको भन्दै राजकुमार त्रिपाठीले उनीविरुद्ध निवदेन दिएका थिए । त्यसपछि स्वयम्भूको प्रहरी टोलीले पाठकलाई १ पुसमा पक्राउ गरेको थियो ।