काठमाण्डु, ११ पुस– सहकारी ठगी प्रकरणमा पक्राउ परेर हाल प्रहरी हिरासतमा रहेका पूर्व उपपधान गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको भन्दै इन्कारी बयान दिएका छन् ।
जिल्ला अदालत, कास्कीमा बिहीबारदेखि सुरु थुनछेक बयानमा उनले सहकारी ठगीमा संलग्नता नरहेको भन्दै बयान दिएका हुन् । उनको बयान नसकिएकाले शुक्रबार पनि निरन्तर प्रश्नहरु सोधिने अदालत स्रोतले जानकारी दिएको छ ।
बयानका विस्तृत विवरणहरू आइसकेका छैनन् । प्रहरीले ९० दिनसम्म गरेको अनुसन्धानका आधारमा लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो । यसपछि अहिले अदालतमा थुनछेक बयान चलिरहेको छ ।