काठमाण्डु, ११ पुस– भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेकोले हेलिकप्टर मार्फत काठमाण्डु पठाइएको छ भने बाँकीको भोजपुर अस्पताल र विराटनगरको नोबेल अस्पतालमा उपचार भइरहेको भोजपुरका डीएसपी युवराज तिमल्सिनाले जानकारी दिएका छन ।
भोजपुर नगरपालिका–५ डाँडाटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको जिप बिहीबार बिहान दुर्घटनामा परेको भोजपुरका डीएसपी तिमल्सिनाले जानकारी दिए । मृतकको विवरण आउन बाँकी छ ।