एमालेले निष्कासन गरेपछि नेता रावलको आक्रोशः ओलीले एमालेलाई बा ब्रान्डको कम्पनी बनाउन खोजे

काठमाण्डु टुडे २०८१ पुष ११ गते १४:३८ मा प्रकाशित

काठमाण्डु, ११ पुस– हिजो (बुधबार) बसेको एमाले सचिवालयको बैठकले पार्टीका पूर्व उपाध्यक्ष डा. भिम रावललाई पार्टी सदस्यनै नरहने गरी एमाले निष्कासन गर्यो भने केन्द्रीय सदस्य उषाकिरण तिम्सिना र स्थायी कमिटी सदस्य बिन्दा पाण्डेलार्य ६ महिनाका लागि निलम्बन गर्यो ।

त्यस लगत्तै एमालेका नेता डा. भिम रावलले प्रतिक्रिया जनाएका छन । नेता रावलले एमालेलाई ओलीले बा ब्रान्डको कम्पनी बनाउन खोजेको आरोप लगाएका छन । साथै नेता ओलीले बनाउन खोजेको कम्पनीको जग भत्कने पनि बताएका छन ।

नेता रावलले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘ओलीजी एमालेलाई सिद्धान्तबाट ओली बा ब्रान्डको कम्पनीमा परिणत गर्न लागेका छन, यो कम्पनीको जग अवस्य भत्कन्छ ।’ साथै नेता रावलले ओली कम्पनीमा एमालेका कार्यकर्ताहरुले नै बिद्रोहको सुरुवात गर्ने पनि बताएका छन ।

साथै नेता रावलले आफु देश र जनताको पक्षमा डटेर लागेकै कारण ओलीले आफुलाई एमालेबाट निष्कासन गरेको आरोप लगाएका छन । नेता रावलले पछिल्लो समय ओलीमा सत्ता उन्मादको कारण दम्ब र घमण्ड बढ्दै गएको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us