एमालेको निलम्बनमा परेपछि केन्द्रीय सदस्य तिम्सिनाको प्रतिक्रियाः ‘पञ्चायतविरुद्ध लडेर आउनुभएका नेतृत्वले पञ्चकै नक्कल नगर्नुभएको भए हुन्थ्यो’

काठमाण्डु टुडे २०८१ पुष ११ गते १३:४९ मा प्रकाशित

काठमाण्डु, ११ पुस– हिजो (बुधबार) बसेको एमाले सचिवालयको बैठकले पार्टीका पूर्व उपाध्यक्ष डा. भिम रावललाई पार्टी सदस्यनै नरहने गरी एमाले निष्कासन गर्याे भने केन्द्रीय सदस्य उषाकिरण तिम्सिना र स्थायी कमिटी सदस्य बिन्दा पाण्डेलार्य ६ महिनाका लागि निलम्बन गर्याे । सचिवालय बैठकले आफूलगायत नेतालाई निलम्बन र निष्कासन गर्ने निर्णय गणतान्त्रिक पद्धतिविपरीत भएको एमालेकी निलम्बित केन्द्रीय सदस्य तिम्सिनाले प्रतिक्रिया दिएकी छन् ।

पार्टीमाथि प्रश्न उठिरहेका बेला पार्टीले आफूलाई निलम्बित गरेको भन्दै केन्द्रीय सदस्य तिम्सिनाले असन्तुष्टि व्यक्त गरेकी छन । मीनबहादुर गुरुङले पार्टी केन्द्रीय कार्यालयका लागि जग्गा र भवन दान दिने र एमालेले लिने निर्णयको आलोचना गरेकामा पाण्डे र तिम्सिना निलम्बनमा परेका हुन् । यसअघि उनीहरूलाई लिखित स्पष्टीकरण सोधिएको थियो ।

पार्टी सचिवालयले निलम्बनको निर्णय लिइरहेका बेला आफू नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने गाउँपालिका कमिटीका अधिवेशन सम्पन्न गरेर फर्किइरहेको केन्द्रीय सदस्य तिम्सिनाले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन । उनी नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ को इन्चार्ज हुन् । पार्टी सचिवालयले लिएको निलम्बनबारे उनले सामाजिक सञ्जालमा लेखेकी छन, ‘यो नगर्नुपर्थ्यो ।

यो त गणतन्त्र हो, हाम्रा पञ्चायतविरुद्ध लडेर आएका नेताहरू नेतृत्वमा छन् ।’ प्रजातन्त्र आयो, गणतन्त्र आयो । यो गणतान्त्रिक पद्धति र प्राणलीलाई नसुहाउने काम भयो । पञ्चायतविरुद्ध लडेर आउनुभएका नेतृत्वले पञ्चकै नक्कल नगर्नुभएको भए हुन्थ्यो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us