आफ्नोबारे मात्रै चिन्ता लिएर बीपीको जस्तो राजनीति हुँदैछः कांग्रेस नेता कोइराला

काठमाण्डु टुडे २०८१ पुष १० गते १६:२० मा प्रकाशित

काठमाण्डु, १० पुस– कांग्रेस नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेसले बीपी कोइरालाका विचार अंगालेर अघि बढ्न जरुरी रहेको बताएका छन ।

आज (बुधबार) नेपाली कांग्रेस रामेछाप– काठमाण्डु सम्पर्क समितिले काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन । उनले कुनैपनि नेताले समाजका लागि सोच्न जरुरी रहेको बताएका छन ।

उनले । उनले भने, ‘हाम्रो समाज हजारौं वर्षदेखि चलिआएको समाज हो । त्यो समाजको निरन्तरता हामीले दिने हो । बीपी कोइरालाको जुन विचार छ, त्यो विचारमा अडिएर हामीले अगाडि बढ्नुपर्छ ।’

समाजका लागि सोचेमात्रै राजनीति हुने बताउँदै उनले आफ्नो मात्र चिन्ता गरेर राजनीति नचल्ने उनले बताए । नेपाली समाज वर्षौं पुरानो रहेको उल्लेख गर्दै त्यो समाजलाई निरन्तरता दिने काम नयाँ पुस्ताको भएको कोइरालाको भनाइ थियो । उनले भने, आज मान्छेले बीपी कोइरालालाई किन सम्झिन्छन्, उहाँ करोडपति वा अर्बपति त हुनुहुन्नथ्यो ।

किनभने उहाँले आफ्नो जीवन यस्तो प्रयोग गर्नुभयो ‘उहाँले आफ्नो जीवन अरुका लागि व्याप्त गर्नुभयो ।

मान्छेले आफूबाट निस्किएर गएपछि मात्र राजनीति सुरु हुन्छ । आफ्नो बारेमा मात्र चिन्ता गरेर त्यस्तो राजनीति चल्दैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us