सहकारी ठगीमा संलग्न व्यक्ति जुनसुकै दलको भएपनि छानबिन हुन्छः सञ्चारमन्त्री गुरुङ

काठमाण्डु टुडे २०८१ पुष १० गते १३:५८ मा प्रकाशित

काठमाण्डु, १० पुस– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा संलग्न सबैमाथि छानबिन हुने बताएका छन ।

आज (बुधबार) राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन । मन्त्री गुरुङले सहकारी ठगीमा संलग्न व्यक्ति जुनसुकै दलको भएपनि छानबिन हुने बताएका छन ।

सञ्चारमन्त्री गुरुङले भने, ‘सहकारीको अव्यवस्थाको समस्या अत्यन्त धेरै देखियो, एकपछि अर्को समस्या उधिनिदैछ ।’ फरक प्रसँगमा मन्त्री गुरूङले एआईको प्रयोग सम्बन्धी नीति ल्याउने तयारीबारे जानकारी दिएका छन ।

आफ्नो कार्यकालमा नेपालको सञ्चार र सूचना प्रविधिको क्षेत्रमा व्यवस्थित परिस्थिति निर्माण गरेर छाड्ने उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us