संविधान कार्यान्वयनमा गम्भीर बनौँः अध्यक्ष दाहाल

काठमाण्डु टुडे २०८१ पुष ९ गते १५:२१ मा प्रकाशित

काठमाण्डु, ९ पुस– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा गरिएका व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने ठाउँमा अपुग भएको भन्दै अन्य कुराहरू खोज्न भौँतारिन नहुने बताएका छन ।

आज मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन । अध्यक्ष दाहालले पहिला संविधानमा भएका विषयहरू कार्यान्वयन गर्नेकुरामा जोड दिन जरुरी रहेको पनि बताएका छन ।

उनले संविधानको कार्यान्वयनमा गम्भीर बन्न सुझाव दिए । उनले संविधान कार्यान्वयनका क्रममा आएका अप्ठ्याराहरूको विकल्पमा जान सकिने बताएका छन । अध्यक्ष दाहालले केही कानुन बन्न नसक्दा संघीयता कार्यान्वयन गर्न कतै न कतै असहज भएको महसुस गरेको बताए ।

राष्ट्रिय सभाको समिति र सभाको बैठकमा गणपूरक संख्या नपुगेर बैठक स्थगित गर्न नपरेको उनले बताए । उनले भने, ‘संविधानमा गरिएका व्यवस्थालाई कार्यान्वयन गर्नुको सट्टा अपुग भए भनेर अरू नै चिज खोज्न हामी भौँतारिएका छौँ । यो अलि गम्भीर विषय हो ।

पहिला संविधानमा भएका विषयहरू कार्यान्वयन गर्नेकुरामा हामी गम्भीर बन्नसकौँ । तिनलाई कार्यान्वयन गर्न जाँदा समस्या भयो भने अन्य विषय खोज्ने हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us