आकर्षक तलबमा क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ पुष ९ गते १२:५४ मा प्रकाशित

काठमाण्डु, ९ पुस– प्रहरीले आकर्षक तलबमा क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर रौतामाई गाउँपालिका–३ घर भई काठमाण्डु गोकर्णेश्वर नगरपालिका–८ बस्ने ५३ वर्षीय यादबहादुर बुर्जा मगर रहेका छन् ।

मगरले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितसँग ५ लाख ७५ हजार रूपैयाँ र सञ्जयले साइप्रस पठाइदिन्छु भन्दै १ जनासँग ४ लाख ६० हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएको खुलेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us