ललितपुरमा एक किशोरको हत्या, ३ जना पक्राउ

काठमाण्डु टुडे २०८१ पुष ९ गते १२:४० मा प्रकाशित

काठमाण्डु, ९ पुस– प्रहरीले ललितपुरमा एक किशोरको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । सोमबार राति च्यासलस्थित द टाउन क्याफेमा सुनसरी घर भएका २३ वर्षीय नयन गुरुङको हत्या भएको थियो ।

चक्कु प्रहारबाट उनको हत्या भएको पाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले जानकारी दिएका छन । हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

पक्राउ पर्नेहरूमा उक्त रेस्टुरेन्टमै काम गन २६ वर्षीय हेमराज भट्ट, काभ्रेका २२ वर्षीय जनकबहादुर तामाङ र दार्चुलाका ४१ वर्षीय पदमलाल भट्ट छन् । उनीहरू मध्ये हेमराज भट्टले चक्कु प्रहार गरेको खुलेको प्रहरीले जानकारी दिएको छ ।

बाँकी दुई जनालाई भने सोधपुछका लागि नियन्त्रणमा लिइएको एसपी पौडेलले जानकारी दिएका छन । बेलुका डिनर खाएको बिल तिर्ने विषयमा विवाद हुँदा चक्कु प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us