डीपी अर्याल बने रास्वपाको कार्यबाहक सभापति

काठमाण्डु टुडे २०८१ पुष ८ गते १७:४० मा प्रकाशित

काठमाण्डु, ८ पुस– डीपी अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कार्यवहाक सभापति बनेका छन् । आज सोमबार जुममार्फत बसेको सचिवालय बैठकले उनलाई कार्यवाहक सभापति जिम्मेवारी दिएको कार्यवहाक प्रवक्ता कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन ।

संसदीय दलको नेता भने तोकिएको छैन । अहिले उपनेता विराजभक्त श्रेष्ठकै अध्यक्षतामा दलको बैठक बस्ने उनले जानकारी दिएका छन । दलको नेता भने थप छलफल गरेर तोकिने उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us