काठमाण्डु, ८ पुस– पूर्वमन्त्री एवं एमाले सचिव समेत रहेका सांसद योगेश भट्टराईले सार्वजानिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला अदालतमा उपस्थित हुनुपर्ने बताएका छन ।
आज सोमबार जारी समितिको बैठकमा बोल्ने क्रममा एमाले सांसद भट्टराईले यस्तो बताएका हुन । सांसद भट्टराईले आरोपित कोइरालाले न्यायिक निरूपणलाई सघाउनुपर्ने बताए । लेखा समितिको बैठकमा बोल्दै सांसद भट्राईले भने, ‘सभापतिबारे कुरा उठेको छ । उहाँको श्रीमती एउटा सहकारीमा जोडिएको कुरा छ । उहाँ अदालतमा जानुपर्छ र जानुहुन्छ भन्ने विश्वास छ ।
न्यायिक निरुपणमा जानुपर्छ ।’ कतिपयले बाहिर कराउँदै हिंड्ने गरेको भन्दै उनले एमालेका नेता कार्यकर्ताले त्यस्तो नगर्ने विश्वास लिएको बताएका छन ।
सभापतिलाई समेत श्रीमतीसँग जोडेर गरिएका प्रश्नबारे प्रष्ट पार्न उनको आग्रह थियो । मोरङको उमागौरी सहकारी ठगी प्रकरणमा पोखरेलकी श्रीमती पनि मुछिएकी छिन् । उनीविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।