काठमाण्डु, ८ पुस– प्रहरीले जनकपुर बोल्ट्स क्रिकेट टिमका समर्थकलाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा गणेश साउद र अशोक साउद नाम गरेका दुई युवाहरु रहेको काठमाण्डु प्रहरीका एक अधिकृतले जानकारी दिएका छन ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दुई जनालाई पक्राउ गरेको हो ।गत शनिबार एनपीएल फाइनलमा जनकपुर बोल्टसका समर्थक अमनकुमार सिंहलाई कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
साथै उक्त घटनाबारे थप अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।