छविलालको बयानः जीबी र रविले टिभी खोल्ने प्रस्ताव ल्याएका हुन्

काठमाण्डु टुडे २०८१ पुष ७ गते १७:१२ मा प्रकाशित

काठमाण्डु, ७ पुस– पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्व डीआइजी एवम् गोरखा मिडियाका लगानीकर्ता छविलाल जोशीले आफूलाई जीबी राई र रवि लामिछानेले टेलिभिजन खोलौँ भनेर प्रस्ताव ल्याएपछि तयार भएको बयान दिएका छन ।

जिल्ला अदालत कास्कीमा दर्ता भएको अभियोगपत्रका अनुसार उनले आफू र जीवी सुरुमा ५०–५० प्रतिशतको शेरयधनी भएको तर लामिछाने तत्कालीन समयमा बाहिर भएकाले पछि १५ प्रतिशत शेयर लिई जोडिएको उनले बयान दिएका छन ।

उनले पछि आफू सम्पूर्ण दायित्वबाट अलग भएर जीबीलाई नै सुम्पिँदै बाहिरिएकाले आर्थिक विषयमा केही पनि जानकारी नभएको पनि बताएका छन ।

छविले बयानमा भनेका छन्, ‘सम्पूर्ण दायित्व र जिम्मेवारीबाट अलग हुने गरी अन्य व्यक्ति नभई कम्पनीको संस्थापक शेयर होल्डर एवं कार्यकारी अध्यक्ष गितेन्द्रबाबु राईलाई नै सुम्पिई उक्त कम्पनीबाट बाहिरिएको हुँ, ‘कम्पनीको आर्थिक कारोबारमा कुनै पनि हस्तक्षेप, तर्क वितर्क, प्रश्न उत्तर कसैले नगर्न नपाउने सम्मको अधिकार लिएर गितेन्द्रबाबु राईले एकलौटी रूपमा टिभी सञ्चालन गर्न लागि मैले छोडेको थिए ।

’ गोर्खा मिडिया नेटवर्क प्रालिमा मिति २०७७ चैत ०३ देखि मिति २०७८ माघ ६ गते सम्म गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडको नाउँमा २ करोड ३० लाख २९ हजार २ सय ९८, विपिनकुमार आचार्य, शेरबहादुर ठकुल्ला र नेचर हर्व प्रालिको नाउँमा कर्जा देखाई लगेको ४ करोड ८८ लाख ९ हजार २ सय ७१ र सुरेशप्रसाद श्रेष्ठ, यमबहादुर केसी, मोहोमद हसिम मिया, प्रकाश पौडेल, नारायण श्रेष्ठ, आशिष् बिजुक्छेको नाउँमा कर्जा देखाई लगेको ७० लाख गरी जम्मा रु।५ करोड ५८ लाख ९ हजार २ सय ७१ गएको सम्बन्धमा गितेन्द्रबाबु राई र रवि लामिछाने समेतले टिभी खोल्ने प्रस्ताव ल्याएको उनले बयानमा भनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us