काठमाण्डु, ७ पुस– जिल्ला सरकारी वकिलको कार्यालयले कास्कीले कास्कीको सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणको पूरक अनुसन्धानपछि आइतबार मुद्दा दायर गरीएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले कास्की जिल्ला अदालतमा एक अर्ब एकाउन्न करोड चालिस लाख उन्नाइस हजार एक सय चौरानब्बे रुपैयाँ तीन पैसा बिगो कायम गरेर मुद्दा दायर गरेको हो ।
मूल अभियोग पत्रमा अभियोजन गरिएका प्रतिवादीहरू १९ जना तथा पूरक अभियोजन पत्रमा उल्लेखित प्रतिवादीहरू छविलाल जोशी, लिला पछाई, रवि लामिछाने समेतका सम्पूर्ण प्रतिवादीहरू समेतबाट असुल उपर गर्ने गरी सो बराबरको बिगो कायम गरेर मुद्दा दर्ता गरिएको सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले जानकारी दिएकी छन ।
हिनामिना एवं अपचलन भएको बिगो मध्ये मूल अभियोग पत्रमा खुलाइएको १०३५ जना बचत कर्ताहरूको जम्मा बिगो एक अरब एघार करोड चौतिस लाख त्रिचालिस हजार पैँतालिस रुपैयाँ सत्र पैसा रहेको उनले जानकारी दिएकी छन ।
यस्तै थप अभियोग दाबीमा उल्लिखित जम्मा १२१ जना खुलाइएका बचतकर्ताहरूको हुने थप बिगो रकम तीन करोड तेत्तिस लाख पन्चानब्बे हजार तीन सय उनन्चास रुपैयाँ सत्र पैसा सत्र रहेको छ ।
यस आधारमा बचनकर्ताको कुल बिगो एक अर्ब चौध करोड असठ्ठी लाख अठतिस लाख तीन सय चौरानब्बे हजार चौतिस पैसा कायम हुने अभियोग पत्रमा उल्लेख गरीएको छ ।
जसअनुसार सहकारी ऐन, २०७४ को दफा १२४ को उपदफा (१) को देहाय (घ) बमोजिम पीडित जाहेरवालाहरूलाई दिलाई भराई बाँकी बिगो सूर्यदर्शन बचत तथा ऋण सहरकारी संस्था लिमिटेडमा भराइदिन अभियोग पत्रमा माग गरिएको छ ।