काठमाण्डु, ७ पुस– नेपाल एयरलाइन्सको जहाजमा अचेत अवस्थामा भेटिएका एक यात्रुको उपचारको क्रममा निधन भएको छ ।
गएराति हङकङबाट काठमाण्डुलागि उडान भरेको नेपाल एयरलाइन्सको जहाजमा सवार यात्रु देउमान लिम्बु अचेत अवस्थामा भेटिएकामा उनको उपचारका क्रममा केएमसी अस्पतालमा निधन भएको नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले जानकारी दिएका छन ।
गएराति हङकङबाट काठमाण्डुका लागि निगमको आरए ४०१ उडान भएको थियो । उनी जहाजमै अचेत भेटिएपछि नजिकको अस्पताल केएमसी लगेपनि गएराति नै अस्पतालले मृत घोषणा गरेको प्रवक्ता पौडेलले जानकारी दिएका छन ।